सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुली विरुद्ध रिट दर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुली विरुद्ध रिट दर्ता

१८ जेठ, काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै बुधबार रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता विकास गिरीले राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्याय परिषद्लाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको हो ।  नागरिकता र शैक्षिक योग्यतासम्बन्धी विवाद भएका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न रिट निवेदनमा आदेशको माग गरिएको छ ।

भावी प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरसम्बन्धी विषयमाथि नै प्रश्न उठ्नु सामान्य विषय नभएको जनाउँदै विवादित त्यस्ता विषयमा आफँैले वस्तुनिष्ठ प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यावधि यही जेठ २४ गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर अझैसम्म नाम सिफारिस हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);