प्रधानन्यायाधीश कार्की सर्बोच्च फिर्ता, आजदेखि नियमित काममा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानन्यायाधीश कार्की सर्बोच्च फिर्ता, आजदेखि नियमित काममा

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा फर्किएकी हुन् ।

प्रधानन्यायाधीश कार्की सर्बोच्च फिर्ता

काठमाडौं । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा फर्किएकी हुन् ।

अदालतले दिएको आदेश कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित कामका लागि आज बिहान साढे ९ बजे नै अदालत पुगेकी हुन् ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रथम दृष्टिमा नै उपयुक्त आधार र कारण नदेखिएको भन्दै त्यसमाथिको कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएपछि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पूर्ववत् वरिष्ठ न्यायाधीशमा फर्किएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित वैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

– See more at: http://imagekhabar.com/news/latest/national/20312#sthash.TpdqN0AN.dpuf

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);