चामल बिक्रि नहुदा कर्मचारी चिन्तामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चामल बिक्रि नहुदा कर्मचारी चिन्तामा

ललित सिहं २३ बैशाख बझाङ्ग ।
खाद्य संस्थाले बिक्रि गदै आएको चामल बिक्रि नहुने भएको छ चामल बिक्रि नहुदा संस्थानका कर्मचारी चिन्तामा परेका छन । बझाङ्गी जनताको खाद्य आपुर्तिका लागी स्थापना गरिएको खाद्यय संस्थानमा बजारको भन्दा १ रुपैया ५० पैसा महँगो चामल र बेपाईक ठाउँमा संस्थानको कार्यालय भएकोले चामल बिक्रि हुन छोडेको हो चामल

चामल बिक्रि नहुदा कर्मचारी चिन्तामा

 

ललित सिहं २३ बैशाख बझाङ्ग ।

खाद्य संस्थाले बिक्रि गदै आएको चामल बिक्रि नहुने भएको छ चामल बिक्रि नहुदा संस्थानका कर्मचारी चिन्तामा परेका छन । बझाङ्गी जनताको खाद्य आपुर्तिका लागी स्थापना गरिएको खाद्यय संस्थानमा बजारको भन्दा १ रुपैया ५० पैसा महँगो चामल र बेपाईक ठाउँमा संस्थानको कार्यालय भएकोले चामल बिक्रि हुन छोडेको हो चामल बिक्रि नहुदा बर्खायामा सडने डरले कर्मचारी चिन्तामा परेका हुन । खाद्य संस्थानमा चामल बजारको भन्दा १ रुपैया ५० पैसा बढि महंगो हुनुका साथै सदरमुकाम चैनुपर बाट आउन जान १ घन्टा पैदल टाढा रहेकोले संस्थानको भन्दा बजारकै ब्यापारीको चामल खाने गरेको जयपृथ्बी नगरपालीका १का दिल बहादुर बिकले बताए । उनले भने बर्षको दुई महिना खेत बाट उब्जनी हुने र १० महिना खाद्यन किनेर खाने हामी दलित परिवारले बजारका ब्यापारी बाट मोटो चामलको ३३ रुपैया प्रति केजिमा लिने गरेको छु संस्थामा गए माटो चामलको प्रति केजि ३४ रुपैया ५० पैसा लिने गरेका छन ।

 

सयम र पैसा दुबै बचने भए पछि संस्थानमा कोहि जाँदैन । घरमा ७ जनाको परिवार छ तिन महिना खान पुग्दैन सधै किनेर खाने गरेका छु घर आगनमै भएको खाद्यय संस्थानको कार्यालयमा चामल बजारको भन्दा महंगो भए पछि आधा घण्टा टाढाको सिमखेत बजारमा चामल लिने गरेको तरुण जोशीले बताए । उनले भने गरिबलाई दुई पैसा बचला भन्ने लोभ लाग्छ संस्थानको चामल महगो भएकाले किनेर खान सकिदैन चामल राम्रो भए र के गर्नु । गाउँमा खाद्यय संस्थानमा राम्रो र सस्तो चामल चामल पाईन्छ भन्दा सुनेको थिए ४ घण्टा पैदल बाटो हिडर चामल लिन संस्थानमा पुगे र ५० केजि चामल लिए पैसा बुझाउदा बजारको भन्दा बढि महंगो भए पछि चामल नलिए र रितोहात संस्थान बाट र्फता भए बजार बाट चामल लिए घर गएको जयपृथ्बी नगरपालीका १ कैलाशका सानु खडकाले बताए ।

 

उनले भने सरकारले गरिवको लागी बजारको भन्दा सस्तो चामल दिनु पर्नेमा झन महगोमा बिक्रि गर्न गरेको छ । यो जनतामाथिको शोसण हो । सधै भोकमरीको मारमा पर्ने बझाङ्गि जनता पहिले पहिले खाद्यन लिन एका बिहानै देखि दैनिक निकै भिड लाग्ने हुन्थो चामल कहिले संस्थानले पुप्याउन सकेको थिएन अहिले दैनिक कार्यालय खोलेर चामल लिन कोहिन कोहि जनता आउन्छकी भनेर बाटो हेरेर बस्ने गरेका छु संस्थानमा चामल लिन कोहि नआए पछि दैनिक निरास भएर बस्नु परेको खाद्य संस्थान प्रमुख ईशवरी दत्त पाण्डेले बताए । उनले भने गएको अषाढ देखि अहिले सम्म १ सय ९ क्युटल २० केजि मात्र जनतालाई चामल बिक्रि भएको छ ।भने कारगारका कैदिलाई सरकारी ठेक्का भएकाले १सय २ केजि गएको छ । चामल लिन कोही आउदैन संस्थान वरपरका पनि महंगो भनेर बजार बाट ल्याउने गरेका छन ।

 

गोदामा ५सय २३ क्युटल ४ केजि मौजात छ बर्षाको समयमा चामल सडने होकी भनेर डर लागी रहेको छ केन्द्रीय कार्यालयमा बजारको भन्दा मुल्य घाउनु पर्छ भन्दा सुनेको छैन ।एक त मुल्य बढि छ दोस्रो बजार भन्दा टाढा र बेपाईक ठाउँमा संस्थानको कार्यालय रहेको छ । जिल्लामा आव ०७३÷०७४ को लागी चामलको कोटा खाद्यय संस्थानको शाखा कार्यालय देवलको लागी १ हजार तलकोट डिपोको १ हजार र बिसौना डिपोको १ हजार ५ सय हो । बिसैनामा सबै चामल दुर्गम भएकाले बिक्रि भएका छन । तल्कोटमा पनि २ सय क्युटल मात्र बिक्रि भएको संस्थानले जानएको छ । नेपाल सरकारले ३६ सालमा बझाङ्गबासिलाई खाद्यन उपलब्ध गराउने उदेशले निमार्ण गरिको साबि रिठापाटा गाबिस हाल जनपा ८ देबवलको खाद्य गोदामा जिर्ण बन्दै गएको चामल सडने डर निकै भएकोले गोदामा सदरमुकाम चैनपुर राखिनु पर्ने स्थानिएको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);