मुलुकलाई समृद्ध बनाउन खेल क्षेत्रकाे योगदान महत्वपूर्ण : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुलुकलाई समृद्ध बनाउन खेल क्षेत्रकाे योगदान महत्वपूर्ण : प्रचण्ड

काठमाडौं, १४ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन खेल क्षेत्रले महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले नेपालका खेलाडीहरुले देशको पहिचान गराउने गरी आफ्नो क्षमतालाई अन्तराष्ट्रिय स्तरमा पनि प्रर्दशन गरिरहेको भन्दै खुसी पनि व्यक्त गर्नु भयो ।

पार्कर विधामा तेस्रो पटक गिनिज बुकमा नाम लेखाउन सफल खेलाडी दिनेश सुनुवारको सम्मानमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रले स्वस्थ नागरिक र सभ्य समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले मुलुकलाई अराजकतातर्फ लैजाने खोज्ने प्रवत्तिहरु पनि देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);