प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्रीबीच फोन वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्रीबीच फोन वार्ता

pm kp sharma oli

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै  बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत उनी स्वयं र श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरे । कुराकानीका क्रममा  प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।  यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

सम्वादका क्रममा प्रधानमन्त्री ओलीले भने,  “ श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ । ”

प्रधानमन्त्री ओलीले फोन सम्वादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडान अनुसार  मानवता विरोधी घटनाको भत्सर्ना गरेको बताए ।

प्रधानमन्त्री ओलीले फोन सम्वादमा श्रीलंकामा भएको यस दुःखत घडीमा  श्रीलंकाका जनताको साथमा नेपाली जनता भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);