प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ४१ जना मात्र महिलाकाे उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ४१ जना मात्र महिलाकाे उम्मेदवारी

nirbachan aayog

काठमाडौँ, ६ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्यकाे लागि १८ र प्रदेश सभाका लागि २३ जना महिला को उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कूल ३२३ जनाले प्रतिनिधि सभा र ४८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले १०३, एमालेले ६२, माओवादी केन्द्रले ४९ जना उम्मेदवार उठाएका छन् ।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८ जना उम्मेदवारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन् ।

प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा आठवटा राजनीतिक दलले एक/एक स्थानमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, मनोनयन दर्ता गराउने स्वतन्त्र उम्मेदवारको सङ्ख्या ११२ रहेको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदातालाई मताधिकार रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);