तीन महिना भित्रमा परिणाम निकाल्ने गरी काम गर्छु : भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तीन महिना भित्रमा परिणाम निकाल्ने गरी काम गर्छु : भुसाल

काठमाडौँ, ६ कात्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

मन्त्रिपरिषदको बैठकले भुसाललाई भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको कार्यकारी अधिकृत नियुक्त गरेको छ । पद बहाली भएपछि उनले तीन महिना भित्रमा देखिने गरी काम गर्ने जनाएका हुन् ।

सरोकारवाला सबै निकायसँग समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवसका दिनसम्म देखिने गरी काम गरिने बताए । प्राधिकरणमा भइरहेका कामलाई द्रुत गतिमा अगाडि बढाउने उनले बताए । भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने आफ्नो योजना रहेको उनले बताए ।

“राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, भूकम्पपीडितको घर निर्माण सम्पन्न गराई मुहारमा खुशी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ”, उनले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);