राजनीतिबाट पछि हटेको होइन, युवापुस्तालाई अवसर दिएको हुँः नेता बिजुक्छे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्तपुर, १७ कर्तिक । नेपाल मजदुर किसानका अध्यक्ष नारायणमान बिजुक्छेले आफुले राजनीतिबाट सन्यास लिएको नभइ आगामी पुस्तालाई अवसर दिएको बताएका छन्। भत्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अबका नयाँ पुस्ता पनि नेतृत्व गर्न सक्षम रहेकाले युवालाई अवसर दिएको प्रष्ट पारेका छन्।

आफुले प्रतिनीधिसभाका लागि उम्मेदवार प्रत्यक्षरुपमा नदिए पनि राजनीतिमा सधै सक्रिय रहिरहेन बताएका छन् । आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए ।

बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा ९एमाले० र नकपा ९माओवादी केन्द्र० सत्ताका लागि मात्र गठबन्ध गरेको आरोप समेत लगाए । यो गठबन्धन भित्र नै आन्तरिक कलह भैरहेकोले यसले दीर्घकालिन रुप लिन नसक्ने उनको भनाइ छ ।

गठबन्धले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उनले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);