मंसिर १० को निर्वाचनका लागि ८०२ जनाको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मंसिर १० को निर्वाचनका लागि ८०२ जनाको उम्मेदवारी दर्ता

nirbachan aayog

काठमाडौँ, ६ कार्तिक । आगामी मंसिर १० गते ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ।

पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) ले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);