माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमाले नेताको बागी उम्मेद्वारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमाले नेताको बागी उम्मेद्वारी

shakti

जाजरकोट । जाजरकोटमा एमाले-माओवादी संयुक्त गठबन्धनका साझा उम्मेवार माओवादी नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका नेताले बागी उम्मेद्वारी दर्ता गरएका छन्। बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका हुन्।

राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले टिकट पाउने अपेक्षा गरेका थिए। तर, एमालेले माओवादीलाई सघाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्। एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै आफूले उम्मेद्वारी दर्ता गराएको शाहको भनाइ छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);