आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ८ कार्तिक । निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ । उम्मेदवारी फिर्ता लिन चाहनेले बिहान १० बजेदेखि १ बजेसम्म नामा फिर्ता लिन सक्ने निर्वाचन अयोगले जनाएको छ।

त्यस्तै आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने तालिका बनाएको छ। ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ। उम्मेदवारमाथिको दाबी विरोध सकिएपछि आयोगले कार्यतालिका अनुसार चुनाव चिह्न दिन लागेको हो।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);