वाम गठवन्धनलाई सघाउन भन्दै कांग्रेस नेताले छाडे पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाजुरा, ८ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्र सहभागी वाम गवन्धनलाई चुनावमा सघाउन भन्दै नेपाली कांग्रेस बाजुराका पूर्वसभापति मनबहादुर रावलले पार्टी परित्याग गरेका छन्।

रावल गत संविधान सभा निर्वाचनमा बाजुराको क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार समेत थिए। कांग्रेस नेतृत्वले आफूमाथि अन्याय गरेको आरोप लगाउँदै नेता रावलले वाम गवबन्धनलाई सघाउन पार्टी परित्याग गरेको भन्दै एक विज्ञप्ती नै जारी गरेका हुन्।

‘पार्टी संगठनको विकास र सुदृढीकरणका निम्ती आफ्नो तर्फबाट अहम भूमिका निर्वाह गर्दागर्दै पनि पार्टीले मेरो भूमिकाको उचित मूल्याङ्कन नगरी न्याय दिन नसकेको महशुस भएकाले आजका दिनदेखि नेपाली कांग्रेस पार्टीसँग सम्पूर्ण रुपमा सम्बन्ध बिच्छेद गरी आफू स्वतन्त्र भएको जानकारी गराउन चाहन्छु,’ रावलले विज्ञप्तीमा भनेका छन्।

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा वाम गठवन्धनलाई सहयोग गर्न पनि उनले आफ्ना शुभेच्छुकलाई आग्रह समेत गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);