एमाले नेता खनालको चिन्ता : राजनीतिक धुर्विकरणका कारण दलहरु विभाजित भए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले नेता खनालको चिन्ता : राजनीतिक धुर्विकरणका कारण दलहरु विभाजित भए

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

स्वास्थ्य उपोचारका लागि भारत जानु अघि नेता खनालले एक विज्ञप्ति सावर्जनिक गर्दे राजनीतिक ध्रुविकरणका कारण दलहरु विभाजनतर्फ उन्मुख भएको बताएका हुन् । उनले पार्टीभित्रको अन्तर संघर्षका कारण नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा रहेको उल्लेख गरेका छन् ।

नेता खानाले अहिलेको समय देश निर्माणको समय भएको भन्दै नेताहरु बीचको अनावश्यक द्धन्द्ध, व्यक्तिगत अहंकार जतिसक्दो छिटो त्याग गर्दे देश हितको कार्यमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आफूहरुले लोकतन्त्रको लागि लामो समय जेल जिवन व्यतित गरेको भन्दै बर्तमान देशको हबिगत देखेर आफूलाई दुखित बनाएको समते तर्क गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘उपचारको क्रममा अर्को पछि स्वास्थ्य समस्याको कारणले म केही दिनको लागि देश बाहिर जाँदैछु। म मेरो स्वास्थ्य को लागी सबैलाई धन्यवाद दिन चाहन्छु। सफल उपचार पछि, म विश्वस्त छु कि म घर फर्किनेछु र फेरि तपाईंहरू बीचमा हुनेछु। ‘

नेता खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ । उनको दुवै मिर्गौलामा समस्या देखिए पछि गत ३० माघमा एपोलो अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न सुझाव समेत दिएको थियो ।

प्रेस विज्ञप्ति यस्तो छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);