कांग्रेस १४ औ महाधिवेशन कार्यतालिका प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

कांग्रेस १४ औ महाधिवेशन कार्यतालिका प्रस्तुत

nepali congress

काठमाडौँ। नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको छ । लामो समयपछिको रस्सा कस्सापछि अन्तत् कांग्रेसले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको हो । तोकिएको समयमा कांग्रेस महाधिवेशन नुहनुको पछाडी कोभिढ १९ अर्थात कोरोना भाइरसको प्रभावनै प्रमुख कारण रहेको थियो ।

तर पटक पटक कांग्रेस सभापति देउवा निवास बुढानिल्कण्ठमा बसेको पदाधिकारी बैठकले अन्तत् महाधिवेशनको कार्यतालिकाको खास टुङगो लगाएको छ । कांग्रेसको कार्यतालिका अनुसार असार २० गते भित्र क्रिायाशिल सदस्यता सभापतिलाई बुझाइसक्नुपर्ने छ ।

त्यसपछि पार्टी सभापतिले असार २४ गते भित्रै सही गरेर निर्वाचन समितिलाई बुझाउनुपर्ने कार्यतालिका बनेको छ । कार्यतालिका अनुसारनै साउन ६ गते वडा समितिको अधिवेशन हुने छ भने साउन ११ गते गाउँ र नगर समितिको अधिवेशन गराउनुपर्ने कार्यतालिका बनेको छ ।

त्यस लगतै साउन २० गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन गराउने कार्यतालिका बनेको छ भने सोहि दिन अर्थात २० गतेनै एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन गराउनुपर्ने बाध्यात्मकारी कार्यतालिका सावर्जनिक गरिएको हो ।

त्यस्तै साउन २४ गते एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशन गराउने कार्यतालिका रहेको छ भने भदौँ १ र २ गते प्रदेश समितिको अधिवेशन हुने कार्यतालिका प्रस्तुत गरिएको छ । यी सवै गृहकार्य सकिएपछि भदौँ १६ देखि १९ गते सम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुने गरी कांग्रेसले कार्यतालिका सावर्जनिक गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);