स्वतन्त्र न्यायपालिकामाथिको प्रहार स्वीकार हुँदैनः एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वतन्त्र न्यायपालिकामाथिको प्रहार स्वीकार हुँदैनः एमाले

१८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुुशिला कार्की विरुद्घ संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गर्नु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहिमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले सो आग्रह गर्नुभएको हो । उहाँले स्वतन्त्र न्यायपालिकाको सिद्धान्तलाई स्वीकार गरी सो अनुसार ब्यबहारमा ओर्लनुपर्ने खाँचो औल्याउनुभयो  ।

अध्यक्ष ओलीले स्वतन्त्र न्यायपालिका माथिको प्रहारलाई कसैले स्वीकार नगर्ने उल्लेख गर्दै न्यायपालिका माथि कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । संविधान संसोधन राष्ट्रहित विपरित भएकाले सो प्रस्ताव नेकपा एमाललेले पास हुन नदिने दृढता ब्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश शुशिला कार्की विरुद्घको महाअभियोग प्रस्ताव संसदबाट पास नहुने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);