मन्त्रिपरिषद बैठकले आगामी वैशाख १ देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मन्त्रिपरिषद बैठकले आगामी वैशाख १ देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गर्यो

mantriparisad

काठमाडौं, २९ पुष । सरकारले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १ देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले पशुपालनका लागि विश्व बैंकबाट ८ अर्ब ऋण लिन स्वीकृति दिएको छ ।

बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेपनि निर्णय गर्न सकेन । मन्त्रिपरिषद् बैठकले खोकु छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । ३८ वर्षअघि मारिएका धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा मारिएका १६ जनालाई सहिद घोषणा गरिएको हो ।

छिन्ताङमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा प्रहरीले गोली चलाएको थियो । यसैगरी मन्त्रिपरिषद् बैठकले कर्मचारी स्वच्छिक अवकाश प्याकेजको घोषणा गरेको छ । जसअनुसार सरकारले शुक्रबारदेखि नै कर्मचारी स्वच्छिक अवकासको प्रक्रिया सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);