गण्डकी प्रदेशको चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकी प्रदेशको चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य

पोखरा, २६ असोज । गण्डकी प्रदेशको चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ । गण्डकी प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । प्रदेश सभाको चालु अधिवेशन जेठ ११ देखि सुरु भएको थियो ।

नदीपुरस्थित प्रदेशसभाको हल साँघुरो भएकाले कोरोना महामारीसँगै पोखरा सभागृहमा संसद बैठक बसेको हो । त्यस्तै मन्त्रिपरिषदको बैठकले गण्डकी विश्वविद्यालयमा आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । उपकुलपति नियुक्तिसँगै काम अगाडि बढाउनुपर्ने भएकाले हालका लागि ९८ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

गण्डकी विश्वविद्यालयलाई शिक्षक तथा कर्मचारी नियमावली, संगठन र शैक्षिक प्रशासन नियमावली तथा आर्थिक प्रशासन नियमावली बनाउन स्वीकृति प्रदान गरिएको छ । हालैमात्र प्रदेश मातहत आएको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश सोमबारको बैठकले स्वीकृत गरेको छ । ७ सदस्यीय समिति रहने र अध्यक्ष प्रदेश सरकारले तोक्ने गरी गठन आदेश पारित भएको छ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);