संसदको चालु अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संसदको चालु अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १६ कात्तिक ।  सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले बिहीबार मध्यरातिबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

उहाँले भन्नुभयो, ‘मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिनियारिटीको हिसावले राधिका अर्याल प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र जनतालाई दुःख दिने खालको र मूल्य भन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’ बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । आज ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने छ । आज प्रतिनिधि सभाको अन्तिम बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने कार्यसूचि राखिने जनाइएको छ ।

एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा यति समय खाली राख्नुपर्छ भन्ने कुनै व्यवस्था नभएकोले संसद्को वर्षे अधिवेशन अन्त्य भएपनि आवश्यकताका आधारमा सरकारले हिउँदे बैठक आह्वान गर्न सक्ने छ ।

बजेट अधिवेशनको रुपमा समेत रहेको वर्षे अधिवेशन यसअघि सामान्यता साउन भदौ महिनामा सकिने गरेको थियो । योसँगै संक्रमणकालिन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धि विधेयक यो अधिवेशनबाट पनि पारित नहुने भएको छ । त्यस्तै शिक्ष विधेयक पनि नटुंगिने भएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);