एमालेले फागुनभित्र माओवादी केन्द्रसँग एकता गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

एमालेले फागुनभित्र माओवादी केन्द्रसँग एकता गर्ने

oli parachanda

काठमाडौं, २९ माघ । नेकपा एमालेले फागुन महिनाभित्र नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्थिरको आरोप लगाइएकामा चर्को असन्तुष्टि जनाउँदै आवश्यक परे फेरि फड्को मार्ने अभिव्यक्ति दिएको भोलिपल्ट बसेको एमालेको स्थायी समितिको बैठकले फागुन महिनाभित्र पार्टी एकता गर्ने निर्णय गरेको हो । एमाले र माओवादीबीच एकता प्रक्रिया सुरु भएको चार महिना नाघिसकेको छ ।

तर यसबीचमा राजनीतिक कार्यदिशा र सांगठनिक पद बाँडफाँटमा सहमति हुन सकको छैन । स्थायी समितिको बैठकपछि पार्टी सचिव प्रदिप ज्ञवालीले दुई पार्टीका अध्यक्षबीच भएको वान टु वान वार्तामा धेरै कुरा मिलिसकेकाले फागुनभित्रै एकता गर्ने निर्णय गरेको बताए । स्थायी समिति बैठकले प्रधानमन्त्री पदमा फागुन ३ गतेभित्र राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने निर्णय गरेको छ ।

आफ्नो एक्लै बहुमत नरहेकाले माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने एमालेको निर्णय छ ।एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने ४१ जना उम्मेदवार छनोट गरेको छ । छानिएका ४१ उम्मेदवार मध्ये ३७ जना महिला हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);