इरानद्वारा प्रशोधित युरेनियमको क्षमता २० प्रतिशत बनाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इरानद्वारा प्रशोधित युरेनियमको क्षमता २० प्रतिशत बनाउने तयारी

एजेन्सी, १८ पुष । इरानले आफ्नो प्रशोधित युरेनियमको क्षमता २० प्रतिशत बनाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको स्वचालित निगरानी समूहका अनुसार इरानले आफ्नो परमाणु क्षमता थप बिस्तार गरि प्रशोधित युरेनियमको मात्रा २० प्रतिशत बनाउने तयारी गरेको हो ।

इन्टरनेशनल अटोमेटिक इनर्जी एजेन्सी आइएइएका अनुसार इरानले युरेनियमको क्षमता २० प्रतिशत बनाउने जानकारी गराएको छ । इरानले पठाएको पत्रमा क्षमता बिस्तार कहिलेसम्म हुन्छ भन्ने नखुलाइएको आइएइएले जनाएको छ ।

यसबाट अन्तर्राष्ट्रिय परमाणु सम्झौता उल्लंघन हुने बताइएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसार इरानको युरेनियम भण्डारण चार प्रतिशतमा सीमित हुनु पर्ने थियो ।

अमेरिका परमाणु सम्झौताबाट बाहिरिएर इरानमाथि प्रतिबन्धात्मक रणनीतिमा लागेपछि इरानले आफ्ना परमाणु क्षमता बिस्तार गर्न थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । तर इरानसंग परमाणु सम्झौता गरेका बेलायत, फ्रान्स, जर्मनी, रुस तथा चीनले पाँच वर्ष पहिलेको सम्झौता पुनर्जीवित हुने अपेक्षा गरिरहेका छन् ।

अहिले इरानको प्रशोधित युरेनियम क्षमता ४ दशमलव ५ प्रतिशतमा कायम छ । इरानको संसदले गएको महिना प्रशोधित युरेनियम क्षमता २० प्रतिशत बनाउने विधेयक समेत पारित गरिसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);