फिलिपिन्स विश्वविद्यालयमा बिस्फोट हुँदा ४ जनाको मृत्यु,दर्जनौँ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

फिलिपिन्स विश्वविद्यालयमा बिस्फोट हुँदा ४ जनाको मृत्यु,दर्जनौँ घाइते

काठमाडौं, १८ मंसिर । दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तको मारावी शहरस्थित मिन्डानाओ स्टेट युनिभर्सिटीको जिमभित्र भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार आईतवार ७ बजे विद्यार्थी र शिक्षक जिम भित्र क्याथोलिक मासका लागि भेला भएका बेला बिस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । सेनाको पहिलो इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको बताउनु भयो । स्थानीय मिडिया जीएमए नेटवर्कले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गर्दै मृत्यु हुनेको संख्या ११ पुगेको बताएको छ ।

इम्प्रोभाइज्ड विष्फोटक पदार्थबाट विष्फोट भएको हुनसक्ने प्रहरीले जनाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले घातक बम विस्फोटको निन्दा गर्दै विष्फोटको दोष विदेशी आतंकवादी समूहलाई दिनुभएको छ । फिलिपिन्सको सशस्त्र बल (एएफपी) प्रमुख जनरल रोमियो ब्राउनरले सेनाले निरन्तर अध्ययन गरिरहेको र अपराधी चाँडै पत्ता लाग्ने बताउनु भयो ।

विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि कक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । राजधानी र मिन्डानाओ टापुको सबैभन्दा ठूलो शहर लानाओ डेल सुरको क्याम्पसको सुरक्षाका लागि थप सुरक्षाकर्मीहरू खटाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);