फिलिपिन्सको एक चर्चमा बिस्फोट हुँदा २७ को मृत्यु, ७७ घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

फिलिपिन्सको एक चर्चमा बिस्फोट हुँदा २७ को मृत्यु, ७७ घाईते

एजेन्सी, १३ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्स प्रहरीका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको जोलो चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको थियो ।

फिलिपिन्स प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक छन् । उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएको जनाएका छन।

उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोट भएको अल्बायाल्डेले जानकारी दिएका छन् । दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेको पनि प्रहरीले जानकारी दिएको संचारमाध्यमहरुले जनाएका छन् ।

चर्चमा प्रार्थनाका बेला भएको विस्फोटनको फिलिपिन्स सरकारले निन्दा र भर्सना गरेको छ घटनाका पीडितहरुलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेकाले सो बिष्फोटनमा मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने फिलिपिन्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);