मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा २१ भन्दा बढिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा २१ भन्दा बढिको मृत्यु

एजेन्सी, ५ माघ । मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा २१ जनाभन्दा वढिको मृत्यु भएको छ । बिस्फोटनमा परी ७१ जना घाइते भएका छन् । मेक्सिकोको मध्य क्षेत्रको राज्य हाइडाल्गोमा सरकारी तेल कम्पनी पेमेक्सको पाइप लाइनमा बिस्फोट भएको हो ।

पाइपलाइन चुहिएपछि तेल लिन स्थानीय बासिन्दा पुगेका बेला आगो सल्किएर बिस्फोट भएको हाइडाल्गोका गभर्नर ओमार फायदले बताएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राज्य सरकारले पीडितलाई राहत दिने प्रतिबद्धता जनाएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);