ट्रम्प र किमबीच फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्रम्प र किमबीच फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने

trump-kim-handshake

केशव शर्मा

एजेन्सी, ५ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दुई नेताबीच फेब्रुअरीको अन्तिम साता दोस्रो भेटवार्ता हुने तय भएको जनाएको हो ।

उत्तर कोरिया र अमेरिकाबीच भएको पहिलो भेट वार्ताको छोटो समयमै दोस्रो वार्ता हुने खवर सार्वजनिक भएको छ । आगामी फेब्रुअरीको अन्तिम सातामा भेटवार्ता हुने तय भएको ह्वाइट हाउसले जनाएको छ । दोस्रो भेटवार्ताको घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली वार्ता टोलीका सदस्य तथा नेता किमका विश्वासपात्र किम योङ छोलसँग ह्वाइटहाउसमै छलफल गरेका थिए ।

पहिलो भेटवार्ता अघिल्लो वर्षको जुनमा सिंगापुरमा भएको थियो । पहिलो भेटवार्ताको समयमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरण गर्ने विषयमा मलफल भएपनि त्यस विषयमा गतिलो प्रगति भने हालसम्मको समयमा हुन सकेको छैन । किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ताको लागि छलफल भइरहेका समयमा किमले चीनको भ्रमण गरिसकेको छन ।

अमेरिका संगको पहिलो भेटवार्ता अघिपनि किम चीनको भ्रमणमा निश्किएका थिए । आफ्नो बख्तरबन्द रेलमा अन्य उत्तर कोरियाली नेताहरूसँग चिनियाँ भ्रमणमा गएका उत्तर कोरियाली नेता किमको यो एक वर्षभन्दा कम समयभित्रको चौथो भ्रमण हो ।

अमेरिका र उत्तर कोरियाबीचको पहिलो भेटवार्तापछि पनि दुई देशको सम्वन्धमा खासै सुधार आउन नसकेको समयमा दोस्रो भेटवार्ताले दुई देशको सम्वन्ध कसरी अगाडी वढ्ला भन्ने विषय निकै चासोका साथ हेरिएको छ । त्यसो त दोस्रो वार्ता आगामी महिनामै हुने भनिएपनि भेटवार्ता कहाँ हुनेछ भनेर अहिलेसम्म केहि बताइएको छैन । तर यसपालिको भेट भियतनाममा हुने चर्चा चलेको छ ।

विश्व शक्ति राष्ट्रका रुपमा रहेको अमेरिका पछिल्लो समय चीनको विश्वासीलो राष्ट्रका रुपमा रहेको उत्तर कोरियासंगको सम्वन्ध विकासका लागि लागिपरेको विश्लेषकहरुको भनाई रहेको छ । त्यसो त उत्तर कोरिया पनि चीनको सहयोगमा अमेरिकासंगको व्यापार लगाएतका विषयमा सहमतिमा पुग्न लालायित भएको देखिन्छ ।

दोस्रो भेटवार्ताका लागि उत्तर कोरियाली नेता किमका प्रतिनिधि तथा विश्वासपात्र छोलले ह्वाइटहाउसमै पुगेर राष्ट्रपति ट्रम्पलाई चिठी हस्तान्तरण गरेका थिए । उनि उत्तर कोरियाली नेता किमका दाया हात रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । छोलले ट्रम्पलाई सुम्पिएको किमको चिठीमा के उल्लेख थियो भन्ने खुलाइएको छैन । तर यो छिट्ठीनै दोस्रो वार्ताको आधार बनेको विश्लेषण गरिएको छ ।

ट्रम्प र किमबीच गत वर्ष सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको काम गरिरहेको छ । भलै निशस्त्रिकरणको काममा उल्लेख्य प्रगतिभने देखिएको छैन । यस बीचमा निशस्त्रीकरणको काममा बीचमा विभिन्न अवरोधहरु आएका थिए । सिंगापुरको पहिलो भेटपछि चर्चा भएजस्तो खासै धेरै उपलब्धि हुन सकेको छैन ।

त्यसैलेपनि पहिलो भेटकोे सफलता नाप्न सहज नहुने विश्लेषकमो भनाई रहेको छ । हालसम्म पनि उत्तर कोरियामा रहेका परमाणु अस्त्रबारेका विस्तृत जानकारी दिइएको छैन भने आर्थिक प्रतिबन्धहरू समेत कायमै रहेका छन । तर नेता किम आफ्नो छवि उकास्न व्यस्त रहेका छन । उनले पछिल्लो दक्षिण कोरियासँग समेत सम्बन्ध सुधार गरेका छन ।

त्यसो त उत्तर कोरिया र चीनबीचको सम्बन्ध पनि सुधारिएको छ । उत्तर कोरियाली नेता किमले यसविचमा पटक पटक चिनको भ्रमण गरिसकेका छन ।

सन २०१८ मा भएको उत्तर कोरिया र अमेरिकाको भेटवार्ता र त्यसपछिको घटनाक्रम विश्व घटनाक्रममा निकै चासोको विषय वनेको थियो । अहिले सन २०१९ को सुरुवाती महिनामै हुन थालेको दुइ देशबीचको दोस्रो वार्तापछिको दुई देशविचको सम्वन्ध कसरी अगाडी वढ्छ । दुई देशको व्यापार सम्वन्ध लगाएतका अन्य विषयले विश्व घटनाक्रममा कस्तो असर पार्ला यो हेर्न भने फेब्रुअरी पछिको समय कुनुपर्ने छ ।
, काठमाडौ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);