किम जोङ र पुटिनबिच पहिलो पटक भेटवार्ता सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

किम जोङ र पुटिनबिच पहिलो पटक भेटवार्ता सम्पन्न

Kim-Jong-Un-putin

काठमाडौं, १३ बैशाख । उत्तर कोरियाका नेता किम जोङ–उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच पहिलोपटक भेटवार्ता भएको छ ।

दुई नेताबिच रुसको तटीय शहर भ्लाडिभोस्तोकमा वार्ता भएको हो। भेटवार्तामा दुबै नेताहरुले दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनु पर्नेमा जोड दिएका जनाइएको छ भेटमा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोश्रो वार्ता भंग भएपछि किम समर्थन तथा सहयोगको खोजीमा रुसी राष्ट्रपतिसँग भेटवार्ताका लागि रुस पुगेका हुन् । ट्रम्प र किमबिच गएको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा दोस्रो भेटवार्ता भएको थियो ।

त्यसमा सहमति जुट्न सकेको थिएन । रुसका लागि भने उत्तरसंगको वार्ता कोरियाली प्रायद्विपमा आफु पनि महत्पूर्ण शक्ति रहेको देखाउने अबसर ठानिएको छ । अमेरिका र चीनजस्तै रुसले पनि आणविक राष्ट्रको रुपमा उत्तर कोरियालाई असहज मान्दै आएको छ । किम नीजि रेलमा बुधवार रुस पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);