ट्रम्प र किम जोङ बीचको भेटवार्ता सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्रम्प र किम जोङ बीचको भेटवार्ता सम्पन्न

trump-kim

काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ता सम्पन्न भएको छ ।

दुबै देशका राष्ट्रप्रमुखबीच भएको बार्तामा महत्वपूर्ण बिषयमा छलफल भएको तर कुन कुन बिषयमा सहमति जुटेको भन्ने कुरा बाहिर आएको छैन । दुई नेताबीच बिहिवारको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल भएको जनाइएको छ । सिंगापुरमा भएको पहिलो शिखर बार्तापछि आणविक विवाद समाधानमा दुई देशबीच थोरै भए पनि प्रगति भएको विश्वास गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीच हिजो भियतनामको राजधानी हनोइको एक होटलमा केहीबेर एक्ला एक्लै वार्ता भएको थियो । दुई नेताबीच बिहिवार पनि विभिन्न चरणमा बार्ता भएको ह्वाइटहाउसले जनाएको छ । दुई देशका राष्ट्र प्रमुखबीच भएको भेटवार्तालाई बिश्वभर चासोका साथ हेरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);