ट्रप र किमबीचको भियतनाम वार्ता बिना निश्कर्ष टुंगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्रप र किमबीचको भियतनाम वार्ता बिना निश्कर्ष टुंगियो

काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको दोस्रो वार्ता बिना निश्कर्ष टुंगिएको छ । भियतनामको राजधानी हनोईमा बिहीवार सम्पन्न भएको बार्तामा दुबै नेतबीच संयुक्त बिज्ञप्ति निकाल्ने बताइएपनि वार्ता बीचमै टुंगिएपछि बाँकी कार्यक्रम रद्ध भएका छन् ।

बिहीवारको वार्ता टुंगिदा अर्को वार्ताको मिति समेत तोकिन सकेको छैन । ह्वाईट हाउसका प्रेस सचिव सराह स्यान्ड्रसले दुबै देशका राष्ट्रपतिले कोरियाली द्विपमा भएको परमाणु हातहतियारको विषयमा छलफल गरेको जानकारी दिएकी छन् । उनले वार्तामा कुनै उपलब्धी हुन नसकेको, तर फेरी दुइदेशबीच फेरि छलफल गर्ने संकेत रहेको भन्दै वार्ता सकारात्मक र एकदमै राम्रो भएको प्रतिक्रिया दिइन् ।

कुटनीतिकरुपमा सकारात्मक भाषाको प्रयोग भएपनि दुबै देशकातर्फबाट बिहीवार समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रोकिएको छ । हनोई मेट्रोपोल होटलमा हस्ताक्षर पछि सँगै ‘लञ्च’ गर्ने कार्यक्रम तय भएपनि दुबै नेताले वार्तास्थल छोडे पछि कार्यक्रम रद्ध भएको हो ।

यस अर्थमा ट्रम्प–किमबीचको हनोइमा वार्ता असफल भएको छ । वार्ता सकारात्मक भएको बताएको ह्वाइट हाउसले दुई नेताको वार्ताबाट कुनै साझा समझदारी बन्न नसकेको जनाएको छ ।

ह्वाटहाउसले यसपटक कुनै समझदारी हुन नसकेपनि आआफ्ना टिमले भविश्यमा वैठकका लागि प्रयास जारी राख्ने समझदरी भएको बताएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी सेन्ड्रसले जारी गरेको विज्ञप्तीमा पनि राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हानोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भएको उल्लेख छ ।

दुई नेताबीचको छलफलमा आणविक निशस्त्रीकरण र आर्थिक एजेन्डामा छलफल भएको भनिएपनि छलफल कुनै निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

हनोइ वार्ताका लागि उत्तर कोरियाली नेता ४ हजार किलोमिटरको ट्रेन यात्राबाट भियतनाम पुगेका थिए । अमेरिकाले आफ्नो प्रतिस्पर्धी मुलुक उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गराउन प्रयास गर्दै आएको छ ।

तर, उत्तर कोरिया भने अमेरिका र अन्य राष्ट्रबाट सुरक्षा खतरा रहेसम्म आफ्नो आणविक कार्यक्रम जारी राख्ने अडानमा छ । यसअघि गत जुनमा ट्रम्प–किम पहिलो वार्तामा किमले आफ्नो आणविक कार्यक्रमलाई रोक्ने घुमाउरो प्रतिवद्धता जनाएका थिए ।

तर, कहिले र कसरी रोक्ने भन्ने कुरा सहमतिपत्रमा उल्लेख गरिएको थिएन । उत्तर कोरियाले आफ्नो एउटा आणविक परीक्षणस्थल नष्ट त गरेको छ तर त्योे सिंगापुरमा वार्ताको परिणामभन्दापनि त्यसको अवधि सकिएका कारण नष्ट गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिले वार्ता गरेपनि अमेरिककाकै उच्च पदस्थ गुप्तचर अधिकारीहरु उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम रोक्नेमा आशंका गर्छन् । परमाणु बमलाई संसारमै सबैभन्दा शक्तिशाली हतियार मानिन्छ ।

त्यो हतियार छोडेमा उत्तर कोरियाली उपस्थिति र चर्चा विश्वमा हुँदैन भन्ने उसले राम्ररी बुझेको छ । खासगरी उसका छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापानलाई त्रस्त बनाएर आफ्नो स्वार्थ पुरा गरिरहेको उत्तर कोरियाले अमेरिकामै मार हान्न सक्ने हतियार विकास गरिसकेको दावी गरिरहेको छ ।

बिर्सन नहुने तथ्य के हो भने उत्तर कोरियालाई निशस्त्रिकरण गर्न लागिरहेको अमेरिका आफैं आणविक शक्ति सम्पन्न राष्ट्र हो । किमले बुधबारको भेटपछि वार्ता सफल पार्न सक्दो प्रयास गर्ने बताएका थिए ।

त्यसलाई ट्रम्पले अहिलेसम्मकै उत्कृष्ट अभिव्यक्तिसमेत भनेका थिए । तर, ट्रम्पले निशस्त्रिकरण पहिले भन्ने र किमले प्रतिबन्ध पहिला हटाउनुपर्छ भन्ने कुराले वार्ता असफल भएको हो । नेताहरुको वार्ता सकिएपछिको बडि ल्याङ्वेज हेर्दा एकअर्काप्रति आक्रोसित भएजस्तो देखिएको छ ।

यसले उत्तर कोरियाली आणविक निशस्त्रिकरण तत्कालका लागि टारेको मात्र छैन गत जुलाइमा गरेको सहमतिमाथि समेत प्रश्न उठाएको छ । अनि विश्वमा आणविक त्रासलाई कायम राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);