काठमाडौं, २३ माघ । महिला अधिकारकर्मीहरुले बलात्कार एवम् यौनजन्य हिंसाका घटनाका दोषीमाथि कडा कार्बाही गर्न सरकारसँग माग गरेका छन ।
आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी महिला अधिकारकर्मीहरुले विभिन्न क्षेत्रमा महिलामाथि भईरहेका बलात्कार तथा यौनजन्य हिंसाका दोषीलाई पक्राउ गरी कार्बाही गर्न माग गरेका हुन् । महिला हिंसाको दोषिलाई कार्बाही गर्न प्रहरी प्रशासन तत्पर नदेखिएको उनीहरुको आरोप छ ।
महिला अधिकारीकर्मीहरुले ललितपुरमा ३ महिना अघि सामूहिक बलात्कारको आरोपमा पक्राउ परेकालाई अदालतले साधारण तारेकमा छाडिदिएकोमा आपत्ति जनाए । उनीहरुले पीडित महिलाहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन ।




