झमेलामा कलंकी कोटेश्वरको सर्भिस ट्र्याक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झमेलामा कलंकी कोटेश्वरको सर्भिस ट्र्याक

Kalanki_Koteshwor road

काठमाडौं, २ चैत । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको विभिन्न भागमा सर्भिस ट्र्याक निर्माणको काम अझैसम्म सम्पन्न हुन सकेको छैन।

उक्त खण्डको १० दशमलव ३९ किलोमिटर खण्डको सर्भिस ट्र्याकबाहेकको सडक, तीनवटा आकाशे पुल र कलंकीमा अन्डर पास निर्माण सम्पन्न गरी नेपाल सरकारलाई चीन सरकारले हस्तान्तरण गरिसकेको छ।

पछिल्लो संशोधित सम्झौताअनुसार सडकको मुख्य काम चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न गर्नुपर्ने थियो भने सर्भिस ट्र्याक नेपालले निर्माण गर्नुपर्ने थियो।

त्यहीअनुसार सडक विभागले कामसमेत अघि बढाइसकेको छ तर अझैसम्म पनि उक्त काम सम्पन्न हुन सकेको छैन। कुनै खण्डमा बजेट अभाव देखिएको छ। बजेट अभावले नै त्यस खण्डमा ठेक्कासमेत लागेको छैन भने कुनैमा अदालतको अन्तरिम आदेशले काम रोकिएको छ।

बजेट अभावकै कारण बालकुमारी, ग्वार्काे, धोबीघाट, खसीबजार गरी २ दशमलव ५ किलोमिटर सडक खण्डको ठेक्का लगाउन नसकिएको सडक विभागका इन्जिनियर निरञ्जन शर्माले बताए। ‘बजेट अपुगकै कारण सर्भिस ट्र्याकको ठेक्का खुलाउन सकिएको छैन। के कति बजेट अपुग हुने हो भन्ने विषयमा मूल्यांकन भइरहेको छ।’ –उनले भने।

त्यस्तै बल्खु, एकान्तकुना करिब एक किलोमिटरमा काम भइरहे पनि अझै सम्पन्न हुन सकेको छैन। तीन ठेकेदार खटेर असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। विभागका इन्जिनियर शर्माले धोबीघाट र बालकुमारी गरी दुई स्थानमा अदालतको अन्तरिम आदेश भएकाले काम अघि बढ्न नसकेको दाबी गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);