वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त

अर्घाखाँची। अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् । सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्वर १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एकएक जना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।तल्लो कक्षामा अंग्रेजी विषय पढाउनका लागि १२/१२ हजार तलब पाउने गरी दुई जना शिक्षक नियुक्त गरिएको हो । ‘शैक्षिक गुणस्तर बढाउन शिक्षक संख्या कम भएका स्कूलहरूमा शिक्षक नियुक्त गरेका हौँ,’ ठकुरीले भने, ‘मैले पाउने पारिश्रमिकबाट उहाँहरूले तलब प्राप्त गर्नुहुनेछ ।’वडामा रहेका सवै स्कुलमा अध्ययनरत कक्षा १ का सबै विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाटै किताब, कापी, पेन्सिल जस्ता शैक्षिक सामाग्री हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोसमेत उनले जानकारी दिए।

अंग्रेजी माध्यमको पढाईको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाइ छ । सबै विद्यालयहरूमा प्रोजेक्टर र ल्यापटप थपिँदै गरेको बताउँदै ठकुरीले वडाभर करिब ३५० विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);