चीनद्वारा पहिलो विदेशी अन्तरिक्ष यात्रीसहित ‘शेन्झाउ–२४’ अन्तरिक्षयान प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८३, बुधवार

चीनद्वारा पहिलो विदेशी अन्तरिक्ष यात्रीसहित ‘शेन्झाउ–२४’ अन्तरिक्षयान प्रक्षेपण

चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत समावेश गर्दै तीन सदस्यीय टोलीसहित ‘शेन्झाउ–२४’ मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गरेको छ । बुधवार चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको जिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ रकेटमार्फत अन्तरिक्षयान प्रक्षेपण गरिएको हो । उक्त यान चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’तर्फ प्रस्थान गरेको छ । अन्तरिक्षयानमा मिसन कमान्डर तथा अन्तरिक्षयानका पाइलट ताङ होङ्बो, फ्लाइट इन्जिनियर वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली सवार छन् । मुहम्मद जिसान अली चीनको तियाङगोङ अन्तरिक्ष केन्द्र भ्रमण गर्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बनेका छन् । यससँगै चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलोपटक चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सम्मिलित संयुक्त अन्तरिक्ष उडान भएको छ । यस मिसनलाई चीनको मानवसहितको अन्तरिक्ष अन्वेषण कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय सहकार्यको नयाँ उपलब्धिका रूपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार