अछामका विद्यालय चन्दाकै भरमा संचालित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अछामका विद्यालय चन्दाकै भरमा संचालित

accham school

अछाम, १८ चैत । अछामका कतिपय विद्यालय वर्षौदेखि चन्दाकै भरमा संचालित छन् । स्थानीयले स्कुल सञ्चालन गर्न आवश्यक पर्ने खर्चका लागि वार्षिक चन्दा उठाउने गरेका छन् । मंगलसैन नगरपालीका वडा नम्बर ६ ठूलासैनस्थित मालिका प्राथमिक विद्यालय २०५४ सालमा स्थापना भएको हो । यहाँ अहिले २ जना राहत कोटाबाट पढाईरहेका शिक्षक छन् भने ३ जना शिक्षक चन्दाको भरमै छन् ।

विद्यालयले विभिन्न क्षेत्रमा ४ लाख रुपैयाँ लगानी गरेको छ । त्यसबाट आउने ब्याजबाट नै शिक्षकहरुलाई तलब खुवाउनुपर्ने अवस्था छ । तर, लगानी गरेको रकमको ब्याज नियमित आउँदा तलब पाउने र नआएमा बर्षको एकचोटी तलब पाउनेको गरेको शिक्षकहरु बताउँछन् । कक्षा १ देखि ४ सम्म अंग्रेजी प्रणाली मार्फत पढाईदै आएको मालिका प्राविमा पढाईको गुणस्तर भने निकै राम्रो देखिन्छ ।

त्यसैले कतिपय अभिभावकले बोर्डिङ स्कूलबाट निकाले आफ्ना नानीबाबुलाई मालिका प्राविमा भर्ना गरेका छन् । पूरै पाँच कक्षासम्म अंग्रेजी प्रणालीमार्फत शिक्षा प्रदान गर्ने योजना रहेपनि आर्थिक अभावले योजना अलपत्र परेको मालिका प्राविका प्रधानाध्यापक भक्तराज ढुंगाले बताए ।

१ सय ४० जना जम्मा विद्यार्थी रहेको यो विद्यालयमा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थीहरुलाई पठनपठान गर्नुपर्ने अवस्था रहेको छ । जिल्ला शिक्षा कार्यलयको सहयोगमा अहिले २ कोठे भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

यता, मंगलसैन नगरपालीका वडा नम्बर ७ मा रहेको जाल्पा माविमा पनि आर्थिक अभावका कारण विद्याथीहरुलाई पठनपाठन गराउन शिक्षक शिक्षीकालाई निकै समस्या रहेको छ । विद्यायालयमा ५ जना शिक्षकहरु निजी स्रोतबाट काम गर्दै आईरहेका छन ।

विद्यालयको आयस्रोत कमजोर भएकाले कहिले चन्दाको भरमा र कहिले अभिभावक शुल्कबाट शिक्षक शिक्षिकाहरुलाई तलब उपलब्ध गराउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक हर्कबहादुर बिष्टले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);