नुवाकोटमा भूकम्पपीडितका लागि भारतीय सहयोगमा संचालित परियोजना विवादमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नुवाकोटमा भूकम्पपीडितका लागि भारतीय सहयोगमा संचालित परियोजना विवादमा

nuwakot

शालिकराम चालिसे
नुवाकोट, १८ चैत । भारतीय राजदुतावासले नुवाकोटमा २३ हजार घर पुर्ननिर्माण गर्नको लागि अघिल्लो साताबाट सुरु गरेको परियोजना विवादमा परेको छ । कर्मचारी छनोटका लागि शुक्रवार भएको उम्मेदवारहरुको लिखित परीक्षामा अपारदर्शी शैली अनाईएको भन्दै सरोकारवालाले विरोध गरेका हुन् ।

आफ्ना चिनजानका र राजनीतिक दलका नेताहरुसँग कार्यकर्ता मागेर भर्ना गराइएको भन्दै केही स्थानीय अगुवा र गैर सरकारी संस्था महासंघले विरोध गरेका हुन् । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा नुवाकोटले विज्ञप्ति जारी गर्दै कर्मचारी छनोट प्रक्रिया र परीक्षा तत्काल सच्याउन आग्रह गरेको छ ।

भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमाण परियोजना अघिल्लो साताबाट नुवाकोटमा कार्यान्वयनमा ल्याइएको हो । परियोजनाले २३ हजार घरलाई नक्सा बनाईदिने र केही घर निर्माणका लागि अनुदान दिने छ । शुक्रवार परियोजनाका लागि परिक्षा दिन आएकाहरु नै कुन परियोजनाको र के पदका लागि परिक्षा दिन आएको भन्नेमा अलमल थिए । बाटोबाट अरुले समातेर परीक्षा हलमा प्रवेश गराएको र राताराता आएको फोनका भरमा परीक्षामा सहभागि हुन आएकाहरु धेरै थिए ।

अब छनोट प्रक्रिया र परीक्षा के हुन्छ भन्ने प्रश्नमा नेपाल आवास पुनर्निमाण परियोजनाका नुवाकोट संयोजक प्रेम कान्त झाले नियम अनुसार नै परीक्षा लिइएको र आवश्यकता अनुसार कर्मचारी छनोट हुने जवाफ दिए । सरकारी प्रक्रिया लम्बिरहँदा आजित बनेका भूकम्पपीडित भने आफूहरुलाई केन्द्रित गरी आएको परियोजना विवादमा परेपछि निराश बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);