शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै

sahdi3

काठमाडौं,१६ माघ । प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै छ ।

शहीद दिवसका अवसरमा आज रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी निकाली ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिंदै छ । यसैगरी प्रथम शहीद लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदको सम्झनामा काठमाडौंको गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा पनि अपरान्ह कार्यक्रम राखिएको छ ।

नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफल तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएको सम्झनामा माघ १६ गतेको दिनलाई सहिद दिवसका रुपमा मनाउने गरिएको हो । सहिदको सम्मानमा २०१२ सालदेखि सहिद दिवस मनाउन थालिएकामा सरकार परिवर्तन नै पिच्छे पार्टीहरुले आफ्ना कार्यकर्तालाई सहिद घोषणा गर्ने क्रम बढेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कांग्रेसका ६ कार्यकर्तालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्ले माघ ३ गते १ सय ९० जनालाई सहिद घोषणा गरेको थियो । सरकारको नेतृत्व गर्ने पार्टीहरुमा सहिद घोषणा गर्ने होडबाजी चल्दा सरकारका जिम्मेवार निकाय भने सहिदको संख्या बारेमा नै बेखबर छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);