एमाले स्थायी समिति बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं,१६ माघ । एमालेले प्रदेश सभा संसदीय दलको नेता चयनसहित समसामयिक विषयमा छलफल गर्न आजका लागि स्थायी समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार पार्टी कार्यालय धुम्बराहीमा बिहान बोलाएको बैठकमा प्रदेश सभा संसदीय दलसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

दलको नेताका लागि मापदण्ड बनाउने तयारी
एमालेले प्रदेश सभा संसदीय दलको नेताका लागि मापदण्ड बनाउने तयारी गरेको छ । एक सातापछि सबै प्रदेशमा दलको नेता निर्वाचित गरी सरकार गठनको प्रक्रिया अघि बढ्ने भएकाले दलको नेता चयन गर्न विधि, प्रक्रिया र मापदण्ड बनाउने एमालेको तयारी छ । एक नेताका अनुसार बैठकमा मुख्यमन्त्रीको आकांक्षी नेताका विषयमा पनि छलफल हुनेछ । सकभर सर्वसम्मत गराउने प्रयास गर्ने तयारी भए पनि दाबेदारहरू पछि हट्ने स्थितिमा नरहेकाले उम्मेदवारका लागि योग्यता र मापदण्ड बनाउने गृहकार्य भइरहेको एक नेताले बताए ।

एमालेमा प्रदेश नम्बर ५ मा सर्वसम्मत दलको नेता चयन भएका शंकर पोखरेल मात्र मुख्यमन्त्रीका लागि एकल दाबेदार देखिएका छन् । वाम गठबन्धनको सहमतिअनुसार एमालेले नेतृत्व पाएको प्रदेश १ मा सचिव भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् ।

तर, प्रदेश १ मै केन्द्रीय सदस्य हिक्मत कार्की, राजेन्द्र राई र जीवन घिमिरेले पनि दाबी गरिरहेका छन् । ३ मा पनि पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ र काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितले आकांक्षा राखेका छन् । त्यस्तै, प्रदेश ४ मा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी छन् । ६ मा पोलिटब्युरो सदस्यद्वय प्रकाश ज्वाला र यमलाल कँडेल तथा ७ मा केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताका आकांक्षी छन् ।आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);