आज सहिद दिवस : बग्गीसहितको प्रभातफेरीपछि लैनचौरमा श्रद्धाञ्जलीसभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आज सहिद दिवस : बग्गीसहितको प्रभातफेरीपछि लैनचौरमा श्रद्धाञ्जलीसभा

काठमाडौं,१६ माघ । आज माघ १६ गते विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइदैछ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरेर आज सहिद दिवस मनाइदैछ ।

राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।

नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ।

एक सातासम्म मनाइने साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना हुने गरेको छ ।

आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ । सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);