जस्तालाई पनि सहिद घोषणा गर्दा सच्चा सहिद प्रति अवमुल्यन, मनाइयो सहिद दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जस्तालाई पनि सहिद घोषणा गर्दा सच्चा सहिद प्रति अवमुल्यन, मनाइयो सहिद दिवस

काठमाडौं । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ ।

जस्तालाई पनि सहिद घोषणा गर्दा सच्चा सहिद प्रति अवमुल्यन

प्रतिक्षा शर्मा, काठमाडौं 

जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ ।

आइतबार काठमाण्डौ महानगर पालिकाले सहिद दिवसको अवसरमा काठमाण्डौको लैनचौर स्थित शहिद स्मारकमा विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद स्मारकमा माल्यपर्ण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरु र अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरियो ।

विसं १९९७ माघ १० गते निरंकुुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।

त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए ।

उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

पछिल्लो कालखण्डमा निरंकुुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);