उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै

पुष्कर भट्ट,८ जेठ कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको महाकाली नगरपालकिाका अधिकाशं स्थानीय बासीन्दाहरु उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै आईरहेका छन । महाकाली नगरपालीकाका कृषकहरु अहिले कुल खेती योग्य

उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै

 

पुष्कर भट्ट,८ जेठ कञ्चनपुर ।

 

कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको महाकाली नगरपालकिाका अधिकाशं स्थानीय बासीन्दाहरु उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै आईरहेका छन । महाकाली नगरपालीकाका कृषकहरु अहिले कुल खेती योग्य जमिनको ११५० हेक्टर जमिनमा उखु खेती गर्दै आएका छन । उतm नगरपालीमा उत्पादीत उखु चिनी मील नहुदा गुड उत्पादनमा मात्र सिमीत हुदै आएको छ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा दुई वटा चिनी मील संचालनमा रहेको भए पनि महाकाली नदिमा पक्कि पुल नहुदा त्यस क्षेत्रबाट चिनी मीलसम्म उखु ढुवानी गर्न समस्या रहेको स्थानीयको गुनासो छ । महाकाली नगरपालीकामा १० जना स्थानीयहरुले खांडसारी उद्योग संचालन गर्दै आईरहेका छन । बर्षमा ६ महिना जतिमात्र गुड उद्योग संचालन हुने भएपनि राम्रो बजार पाउन सकेको खण्डमा बार्षिक ४ देखि ५ लाख सम्म आम्दानी गर्न सकीने उद्योगीहरुको विश्वास रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);