सिन्धुलीको ग्वल्टारमा चारदिन देखि गाउँभरी झाडापखला प्रकोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिन्धुलीको ग्वल्टारमा चारदिन देखि गाउँभरी झाडापखला प्रकोप

सिन्धुली ६, जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा चार दिन देखि झाडापखलाको प्रकोप देखिएको छ । गाउँका ७० भन्दाबढीमा झाडापखलाको कारण विमारी परेका छन् । चारदिन देखि लगातार झाडापखला प्रकोपको रुपमा देखा पर्दा गाउँका ७० जनाभन्दाबढी सिकिस्त बनेको ग्वाल्टार स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र

सिन्धुलीको ग्वल्टारमा चारदिन देखि गाउँभरी झाडापखला प्रकोप

राजन गाउँले,सिन्धुली ६, जेठ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा चार दिन देखि झाडापखलाको प्रकोप देखिएको छ । गाउँका ७० भन्दाबढीमा झाडापखलाको कारण विमारी परेका छन् । चारदिन देखि लगातार झाडापखला प्रकोपको रुपमा देखा पर्दा गाउँका ७० जनाभन्दाबढी सिकिस्त बनेको ग्वाल्टार स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र शाहले जानकारी दिनु भयो ।

‘गाउँका अधिकांस बालबालिका, वृद्धवृद्धाहरुमा लगातार झाडापखला हुने, बान्ता हुने, ज्वोरो आउने जस्ता समस्या देखिएको छ,’ उहाँले भन्नु भयो ।
गर्मी मौषम बढेसंगै गाउँमा झाडापखला प्रकोपको रुपमा फैलिएको उहाँको भनाई रहेको छ । झाडावान्ताका विरामीको चाप बढेपछि स्वास्थ्य चौकीको खुल्ला स्थानमा राखेर उपचार थालिएको छ । गाउँनै झाडा बान्ताका विमारी प्रकोपमा परेपछि थप चिकिस्तक र औषधी उपलब्ध गाइदिन जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीमा अनुरोध गरिएको उहाँको भनाई छ ।

गाउँमा प्रयोग गरिने खानेपनीमा समस्या भएका कारण झाडावान्ता सुरु भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । चिकित्सकहरुले खानेपानी उमालेर खान, सरसफाइमा ध्यान दिन, बासी सडेगलेका नखान आग्रह गरेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);