सिन्धुलीमा विरामीको संख्या बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सिन्धुलीमा विरामीको संख्या बढ्दो

राजन विक
८, बैशाख सिन्धुली । मौषममा आएको परिवर्तनसंगै सिन्धुली अस्पतालमा विमारीको चाप बढेको छ । पछिल्लो एक महिनादेखि अस्पतालमा विमारीको चाप बढेको अस्पतालले जनाएको हो ।अस्पतालमा ज्वोरो, रुघाखोकी, झाडापखला, निमुनिया, टण्सील जस्ता रोगका विमारीहरुको संख्या बढेको अस्पतालका डाक्टर सुधांसु झाले

सिन्धुलीमा विरामीको संख्या बढ्दो

राजन विक ८, बैशाख सिन्धुली । मौषममा आएको परिवर्तनसंगै सिन्धुली अस्पतालमा विमारीको चाप बढेको छ । पछिल्लो एक महिनादेखि अस्पतालमा विमारीको चाप बढेको अस्पतालले जनाएको हो । अस्पतालमा ज्वोरो, रुघाखोकी, झाडापखला, निमुनिया, टण्सील जस्ता रोगका विमारीहरुको संख्या बढेको अस्पतालका डाक्टर सुधांसु झाले बताउँनु भयो । ‘दैनिक यस्ता विमारीहरु सिन्धुली अस्पतामा उपचारका लागि आउँने गरेका छन् । धेरै जसो विमारी ज्वरो र झाडापाखलाका आउने गरेका छन्,’ उनले भने ।

 

गर्मी बढेपछि जिल्लामा यस्ता विमारीहरुको संख्या पनि बढ्दै गएको हो । धेरै जसो बालबालिका र वृद्ध वृद्धामा यस्तो समस्या देखिने गरेको छ । उनिहरुलाई अस्पतालमै भर्ना गराएर उपचार गर्ने गरिएको छ । ज्वोरो र झाडापाखला भाइरलका रुपमा बढ्दै गएपछि उनिहरुलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएको अर्का डाक्टर आयुष श्रेष्ठ बताउँछन् ।

 

एक महिना अघिसम्म दैनिक ३० देखि ५० जनासम्म विमारी उपचारका लागि सिन्धुली अस्पता आउँने गरेकोमा पछिल्लो समय दैनिक एक सय देखि २ सय ४० जनासम्म अस्पता आउँने गरेको अस्पतालले जनायो । ‘धेरै बालबालिकाहरुमा ज्वोरो, झाडापखला, निमुनियाको समस्या देखिएको छ । यो समस्या जिल्लाभरमै देखिएको छ । उनिहरुलाई अस्पतालमा उपलब्ध स्रोतसाधनले भ्याएसम्मको उपचार गरिरहेका छौं,’ डाक्टर श्रेष्ठले भन्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);