नदिले जमिन कटान गर्दा भीमदत्त नगरपालीकाका स्थानीय विस्थापीत हुदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नदिले जमिन कटान गर्दा भीमदत्त नगरपालीकाका स्थानीय विस्थापीत हुदैं

कञ्चनपुर, १५ वैशाख पुष्कर भट्ट ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१ मा स्थानिय नदिले जमिन कटान गर्दा यहाका बासीन्दाले सयौ बिगाहा जमिन गुमाउनु परेको छ । यस क्षेत्रमा बस्दै आएका कैयौ व्यक्तीहरु का घरहरु बिस्थापित र जमिन बिहिन बनेका छन । रौटेला नदिका नामले चिनिने यो नदिमा महाकाली सिचाईले नहरका लागी बाध निर्माण गरे पछि

नदिले जमिन कटान गर्दा भीमदत्त नगरपालीकाका स्थानीय विस्थापीत हुदैं

कञ्चनपुर, १५ वैशाख पुष्कर भट्ट ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१ मा स्थानिय नदिले जमिन कटान गर्दा यहाका बासीन्दाले सयौ बिगाहा जमिन गुमाउनु परेको छ । यस क्षेत्रमा बस्दै आएका कैयौ व्यक्तीहरु का घरहरु बिस्थापित र जमिन बिहिन बनेका छन । रौटेला नदिका नामले चिनिने यो नदिमा महाकाली सिचाईले नहरका लागी बाध निर्माण गरे पछि नदिले ठुलो आकार लिए पछि जमिन नासिदै गएको हो । रौटेला देखि भाषी सम्म करिब ५ किलोमिटर क्षेत्रमा नदिले सयौ बिगाहा जमिन नोक्सानी गरेको र यस बिषयमा सरोकारवाला निकाय संग पटक पटक नदि नियन्त्रणका लागी आफुहरुले हारगुहार गर्दा समेत सरोकारवाला निकाय ले ध्यान नदिदा आफुहरु जमिन बिहिन भएर बस्नु परेको स्थानिय बताउछन ।

 

बि.स.२०२७ साल र २०३३ सालमा जग्गाधनी पुर्जा प्राप्त गरेका जमिन मालिकहरु अहिले मात्र कागजी रुपमा जग्गा धनि भएका छन । कमाई गरि खाने जमिन आफु संग नभए पछि पिडित बनेका यि स्थानियको समस्या समाधानका लागी भने सरोकार वाला निकायले ध्यान दिन सकेको छैन । २० बर्ष पहिले यो ठाउमा आफुले खेती गरेको भए पनि अहिले खेती गर्न लायकको जमिन नरहेको स्थानियहरु बताउछन । नदिले आफनो कमाई खाने डेढ बिगाहा जमिन लगे पछि अब घरेडीका रुपमा आफु संग १ कटटा जमिन मात्र रहेको छ ।

 

यदि नदिको स्थायी रुपमा समस्या समाधान गरिएन भने बचेको जमिन पनि सकिने स्थानिय पार्बति थापा बताउनु हुन्छ । आफु कागजी रुपमा मात्रै जग्गाधनि रहेको र त्यो पनि बैंकमा धितोको रुपमा रहेको थापा बताउनुहुन्छ । तटबन्ध का नाम मा सरकार बाट नाम मात्र को बजेट आउने सो बजेट ले यो नदि कटान नियन्त्रण नहुने र यस रौटेला नदी कै कारण आफनो डेढ बिगाहा जमिन कटान भएको बताउछीन स्थानीय जानकी धामी यो क्षेत्रमा बसोबास गरि बसेका धेरै घरधुरीहरु उठिबास भई बिस्थापितका रुपमा अन्यत्र जानु परेको स्थानिय स्थानिय चक्र बिष्ट बताउनु हुन्छ ।

 

स्थायी रुपमा यो नदिको धारलाई नियन्त्रणमा ल्याउन गुरुयोजना बनाएर मात्र समस्याको समाधान हुने बिष्टको बुझाई छ । सयौ बिगाहा जमिन आफनै आखा अगाडी गुमानु परेको पिडा छ । सरकारले नदि नियन्त्रणका नाममा ३ देखी ४लाख दिने गरेको र त्यो पनि बालुवामा पानी हाले जस्तो भएको स्थानीयको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);