त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितहरुको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितहरुको भीड

काठमाडौं । सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ । कोभिड-१९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो ।

अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र बिहीबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ । विशेष गरेर काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ ।

साथै सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो ।

निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भएपनि सो समिति सक्रिय हुन नसक्दा नीजि अस्पतालले संक्रमितको उपचारमा मनलाग्दि शुल्क लिदै आएका छन् ।

निजी अस्पतालहरुको मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितहरुको चाप बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);