आजबाट राजधानीमा फोटो प्रर्दशनी सुरु, शुक्रबार सम्म चल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजबाट राजधानीमा फोटो प्रर्दशनी सुरु, शुक्रबार सम्म चल्ने

photo

काठमाडौं, ११ पुस । राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थापनाको तीन बर्ष पुरा भएको अवसरमा राजधानीमा फोटो प्रर्दशनी गरेको छ ।

बुधबार राजधानीको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको फोटो प्रर्दशनीमा पुननिर्माण तथा पुनस्थापनामा भएका कार्य सम्बन्धी फोटोहरु राखिएको छ । फोटो प्रर्दशनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका थिए ।

प्रर्दशनीमा भुकम्पले पुर्याएको क्षति, राहत वितरण, उद्धारकार्य तथा पुर्ननिर्माण भईरहेको दृश्य कैद गरिएका एक सय बढी फोटोहरु राखिएको छ । २०७२ सालको महाभुकम्प गएको ३ बर्ष ८ महिना पुगेको छ भने प्राधिकरण स्थापना भएको ३ बर्ष पुरा भएको छ । प्रर्दशनी शुक्रबार सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);