भृकुटीमण्डपमा ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रर्दशनी’ सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

भृकुटीमण्डपमा ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रर्दशनी’ सुरु

काठमाडौं, ११ फागुन । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रर्दशनी’ सुरु भएको छ । हिमाली क्षेत्रमा उत्पादन भएका वस्तुहरुलाई स्वदेशमै प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक प्रदीप महर्जनले जानकारी दिए।

प्रर्दशनीमा हिमाली क्षेत्रमा उत्पादन भएका जडिबुटी तथा जडिबुटीजन्य बस्तुहरु, दुध र त्यसका परिकारहरु, ग्रिन टी, चीजलगायतका बस्तुहरु राखिएका छन । प्रर्दशनीमा ७५ वटा भन्दा बढी स्टल छन । तीन दिनसम्म चल्ने प्रर्दशनीमा करिब डेढ करोड कारोबार हुने आयोजकको अपेक्षा छ ।

ताजा समाचार