बैशाख २६ र २७ गते भृकुटीमण्डपमा पुँजी बजारसम्बन्धी प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैशाख २६ र २७ गते भृकुटीमण्डपमा पुँजी बजारसम्बन्धी प्रदर्शनी

काठमाडौं, २४ वैशाख । नेपाल धितोपत्र बोर्डले यही बैशाख २६ र २७ गते काठमाडौंको भृकुटीमण्डपमा पूँजी बजारसम्बन्धि विशेष प्रदर्शनी गर्ने भएको छ । बोर्डले सोमबार पत्रकार सम्मेलन गरी पूँजी बजारसम्बन्धि पहिलो प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बोर्डको रजत जयन्तिको अवसर पारेर आयोजना गरिएको प्रर्दशनीमा नेपाल स्टक एक्सचेन्ज, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनी, नेपाल राष्ट्र बैंक, विमा समितिलगायतका १ सय ७० वटा स्टल रहने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

प्रर्दशनीमा धितोपत्रको प्राथमिकता र दोस्रो बजार सम्बन्धि विविध जानकारी लिने व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ । प्रर्दशनीमा धितोपत्र बजारसम्बन्धि अध्ययन सामग्रीहरु निःशुल्क वितरण गर्ने व्यवस्था पनि मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);