मेयर र प्रशासकिय अधिकृतको अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालीका सदस्यद्धारा तालावन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मेयर र प्रशासकिय अधिकृतको अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालीका सदस्यद्धारा तालावन्दी

talabandi

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर र प्रशासकिय अधिकृतको मिलेमतो व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालीका सदस्यहरुले नै तालावन्दी गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणीकुमारी यादव र प्रमुख प्रशासकिय अधिकृत जयप्रसाद दासको मिलेमतोमा अनियमितता भएको भन्दै वडाअध्यक्ष र कार्यपालीका सदस्यहरु विरोधमा उत्रिएका छन् ।

नगरसभाले पास गरेको योजनासमेत कार्यपालीका बैठकबिनै मनोमानी ढंगले परिवर्तन गरी कार्यबाहक प्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकिय अधिकृत जयप्रसाद दासको मिलेमत्तोमा अनियमितता गरिएको भन्दै तालाबन्दी गरिएको छ ।

कल्याणपुर नगरपालिकामा बहुमत कार्यपालिकाका ८ जना सदस्य सहित ९ जना वडाअध्यक्षहरूले ११ शुत्रिय माग सहित नगरपालीकामा तालाबन्दि गर्दै प्रेस विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा कार्यपालिका बैठक नबसि अपारदर्शी तरिकाले कर्मचारी भर्ना खारेज, पोखरि ठेक्कामा गरिएको अनियमितता पार्दशी गर्नुपर्ने, अधिकृतले आफुखसि बाडेको योजनाहरू बदर गरि कार्यपालिकाको निर्णय अनुसार गर्नुपर्ने, वडा अध्यक्षहरूको जानकारी विना नगर स्तरिय योजनाको उपभोक्ता समिति गठन प्रक्रिया रोक्नु पर्ने लगायतका माग राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);