पशुपति क्षेत्रको बनमा पक्की चिहान बनाउने विषयमा विवाद | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

पशुपति क्षेत्रको बनमा पक्की चिहान बनाउने विषयमा विवाद

काठमाडाैं । ईसाई धर्माबलम्बीहरुलाई मृत्युपछि पक्की चिहान निर्माण गरी शव राख्ने प्रचलन छ । पशुपति क्षेत्रको श्लेषमान्तक बनमा पनि पक्की चिहान बनाई रहँदा पछिल्लो समय यो विषय विवादित बन्दै आएको छ ।

पशुपति परिसरको क्षेत्रमा इशाइ धर्मावलम्बीहरूका लागि शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो ।

२०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव राख्न निषेध गरिएको थियो । हिन्दूहरूको आस्थाको केन्द्रमा पशुपति क्षेत्रमा चिहान बन्नु धर्ममाथिको आक्रमण भएको भन्दै विरोधका स्वरहरु उब्जीरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको पालामा पशुपति क्षेत्रको जंगलमा केही समयको लागि शव अन्त्येष्टि गर्नलाई अनुमति दिएको थियो ।

हाल रहेको पक्की चिहान पुरानो भएको र नयाँ शबहरु नराखिएको पशुपति विकास कोषको भनाई छ । पहिला राखिएका पक्की चिहानको व्यवस्थापनका लागि ईशाई धर्मालम्बीहरुसंग छलफल भईरहेको कोषले बताएको छ ।

यो विवाद धेरै पहिलेको भएपनि विकासकोषले चासो नदिदा हाल सम्म पनि टुङगो लाग्न सकेको छैन । हिन्दु सनातन धर्मालम्वीहरुले यसको विरोध गरीरहदा पनि पक्की चिहान राख्न नछेडिएको भन्दै आपत्ती जनाउँदै आएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);