शव पुरिएको चौबीस घण्टा नबित्दै चिहानबाटै सुन चोरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२३ साउन, इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा चिहानबाटै सुन चोरी भएको छ । माटोमा गाडिएको शव खनेर चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।

नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिनुभयो ।

चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको हुन सक्ने स्थानीयको आशंका रहेको छ । कानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुनः गाडेको भेटिएको हो ।

लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);