बाँकेको बैजनाथमा एक महिना भित्र करोड बढी चोरीका घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेको बैजनाथमा एक महिना भित्र करोड बढी चोरीका घटना

कुशल दलामी,
बाँके । बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँमा शनिबार राति स्थानीय सुरत सिंह ठकुरीको घरमा चोरी भएको छ ।

चोरी हुनेमा नगद करिब १५ हजार सहित सुनचाँदीका गरगहना रहेका छन् ।

जसमध्ये सुनको सिक्री १ थान औंठी २ थान, तिलहरी १ थान, झुम्का १ जोडी गरी करिब ३ लाख ५ हजार बराबरको गरगहना र नगद चोरी गर्नुका साथै जग्गा धनी लालपुर्जा र अन्य अत्यावश्यक कागजात चोरी गरेको कोठामा आगो लगाएर एउटा पलङ्ग समेत जलेको प्रहरी चौकी सम्झनाका ईन्चार्जले बताए ।

यसअघि बैजनाथ गाउँपालिका ६ सम्झनामा गत असार २० गते स्थानीय ममता नेपालीको घरबाट करिब ९० लाखको सुनचाँदीका गहना र ४ लाख ९५ हजार नगद चोरी भएको एक महिना नबित्दै चोर सक्रिय हुँदा सुरक्षा जोखिम बढेको देखिएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख भएर आए लगतै डिएसपी रबिन्द्र खनालले रात्रीमा चोरी हुने घटनालाई नियन्त्रण गर्न रात्री प्रहरी सेवा सुरु गरेको समेत प्रभावकारी हुन सकेको छैन । सुरक्षा निकायले थप घटना बारे अनुसन्धान गरी रहेको खनालले बताए ।

यसरी चोरीका घटना नियन्त्रणमा नआउनुले समाजमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई चुनौती थपिदिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);