रसुवाको उत्तरगयामा पहिरो : एकै घरका चार जना बेपत्ता, अन्य चार घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२३ साउन, काठमाण्डौँ । अविरल वर्षासँगै गएको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ स्थित पैरेबेसीमा एकै घरका चारजना बेपत्ता भएका छन् ।

गएराति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उहाँकी २८ वर्षीया बुहारी मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी बेपत्ता भएका हुन् । पहिरोबाट चार जनालाई भने घाइते अवस्थामा उद्दार गरिएको छ । घाइतेमध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । तर पहिरोका कारण सडक अवरुद्ध भएकाले उनीहरुलाई उपचारका लागि अस्पताल लान नसकिएको स्थानीयले बताएका छन् ।

 

बेपत्ताको खोजीका लागि प्रहरी र सेनाको टोली खटिएको छ । तर माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उद्दारमा कठिनाइ भएको सुरक्षाकर्मीले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);